८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


वर्षा राउतको मागः ‘मंसिरमा पञ्चे बाजा बजाएर मलाई माग्न आउनु’(भिडियो)


0
Shares

काठमाडौं, मंसिर ९ । मोडल तथा नायिका वर्षा राउत पछिल्लो समय चलचित्र सँगसँगै मोडलिङ पनि उस्तैगरी ब्यस्त छिन् ।

अभिनयमा अब्बल मानिएकी यि सुन्दरीले हालै अभिनय गरेको नयाँ भिडियो मनमा सार्वजनिक भएको छ । जसमा उनले नेपाली चलचित्रका चर्चित छायाँकार हरि हुमागाईसँग जोडी बाँधेकी छिन् ।

मंसिरको महिनामा सार्वजकिन उक्त गीतको भिडियोमा वर्षा सुन्दरी र आर्कषक मात्रै देखीएकी छैनन्, उनले आफ्ना प्रेमीलाई पञ्चे बाजा नै लिएर आँफुलाई माग्न आउन आग्रह समेत गरेकी छिन् ।

जुन भिडियो गायिका बसन्ता प्रकृति गौतमको हो । गीतमा संगीतकार दिपक शर्माको शब्द तथा संगीतमा तयार भएको हो ।

भिडियोमा आमोस तामाङको एरेञ्ज, सिमोस सुनुवारको निर्देशन, उत्तम हुमागाईको छायांकन, सम्पादन निशान घिमिरेको रहेको छ । भिडियोलाई भाइब्स क्रियसनले बजार ब्यबस्थापन गरेको छ ।