७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


डा.काफ्लेलाई अभिनन्दन गरिने, पाठक र गौतमलाई पुरस्कार


0
Shares

काठमाडौं, मंसिर ८ । कुमार–सरस्वती पुरस्कार गुठीको हालै बसेको बैठकले वरिष्ठ चिकत्सिक डा.ऋषिकुमार काफ्लेलाई विशेष अभिनन्दन गर्ने निर्णय गरेको छ । साहित्यकार एवं सम्पादक हिरण्यकुमारी पाठकलाई ‘कुमार–सरस्वती विशिष्ट सहित्य साधना सम्मान–२०७१’ तथा साहित्यकार नारायणप्रसाद गौतमलाई ‘कुमार–सरस्वती विशिष्ट सहित्य साधना सम्मान–२०७२’ प्रदान गर्ने भएको छ ।

पुरस्कारको राशी जनही पच्चीस हजार रुपैयाँ रहेकोे छ ।

विगत चार दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्य क्षेत्रमा योगदान दिंदै आएका साहित्यकार पाठकको मोहचक्र (कथासंग्रह), शून्यता (कथासंग्रह), अव्यक्त (कथासंग्रह), दुःस्वप्न (कथासंग्रह), गोमाःसंघर्षशील जीवनका पाटाहरू, बालकथासहित एक दर्जन साहित्यिक कृति प्रकाशीत छन् भने उनको सम्पादनमा नारीस्वर साहित्यिक पत्रिका निरन्तर प्रकाशित हुँदै आएको छ । उनी विभिन्न साहित्यिक सम्मानबाट सम्मानित भइसकेका छन् ।

विगत तीन दशकदेखि अनवरत रुपले नेपाली भाषा साहित्यक्षेत्रमा योगदान दिंदै आएका साहित्यकार गौतमको ‘आजको मान्छे’ (कवितासंग्रह), लयमा लोलिंदा (कवितासंग्रह), गौरीवल्लभ (महाकाव्य), भवानी वैभव (महाकाव्य), कुमारगौरव (महाकाव्य) नेपाली महाकाव्य ः सिद्धान्त र विवेचना (समालोचना) लगायत झण्डै डेढ दर्जन साहित्यिक कृति प्रकाशित छन् । उनी विभिन्न साहित्यिक सम्मानबाट सम्मानित भइसकेका छन् ।

कुमार–सरस्वती पुरस्कार गुठीबाट कवि एवं साहित्यकारहरू कमल रिजाल, भीष्म उप्रेती पुरस्कृत भइसकेका छ ।

गुठीका अध्यक्ष कालीप्रसाद रिजालको अध्यक्षतामा बसेको कार्य समितिकोे बैठकले डा. काफ्ले, साहित्यकार पाठक र गौतमलाई सर्वसम्मतिले उक्त पुरस्कार दिने निर्णण गरेको हो । उक्त सम्मान वरिष्ठ डा. कुमारबहादुर जोशीको ७६औं जन्मोत्सवका दिन मंसिर २३ गते प्रदान गरिने गुठीका सचिव सन्ध्या पहाडीले बताइन् ।