१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


गोरु काटेकोे अभियोगमा दुई पक्राउ


0
Shares

दोलखा, मङ्सिर ७ । गोरु काटेको अभियोगमा प्रहरीले सोमबार राति दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिरी नगरपालिका– ५ नाबुक टोलका ३८ वर्षीय फुर्वा शेर्पा र ६० वर्षीय पल्दे शेर्पा छन् ।

स्थानीयवासीले दिएको सूचनाका आधारमा राति ८ बजे उनीहरुलाई गोठमा मासु काट्दै गरेको अवस्थामा पक्राउ गरिएको इलाका प्रहरी कार्यालय जिरीका प्रहरी नायब निरीक्षक मोहनप्रसाद आचार्यले जानकारी दिए ।

प्रहरीले घटनास्थलबाट ४० किलो गोरुको आलो मासु बरामद गरेको छ । बरामद गरिएको मासु स्थानीयवासीको रोहबरमा आज नष्ट गरिएको छ ।

अभियुक्तले गोरु जिउँदो नभई बिरामी भएर आफैँ मरेको र मासु खानका लागि काटिएको बताएका छन् । रासस