१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


अख्तियारले ५० हजार घुससहित काठमाडौं मालपोतका नासु सिग्देललाई समात्यो


0
Shares

काठमाडौं, मंसिर ६ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला मालपोत कार्यालय काठमाडौंका नासु अंगुरकुमार सिग्देललाई रु ५० हजार घुसहित कार्यस्थलमा नै पक्राउ गरेको छ ।

आयोगका प्रवक्ता गणेशराज कार्कीकाअनुसार सेवाग्राहीसँग घुस रकम मागिरहेको प्राप्त सूचनाका आधारमा पुगेको आयोगको टोलीले कार्यालय परिसरबाटै उनलाई पक्राउ गरेको हो ।

घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको आयोगले जनाएको छ । रासस