८ बैशाख २०८२, सोमबार | Tue Apr 22 2025


रोधीमा छमछमी नाच्न गोर्खाली छोरीको निम्तो (भिडियो)


0
Shares

काठमाडौं, मंसिर ५ । गीतका शब्दले संगीतप्रेमीको मन छुन सक्यो भने त्यसको भिडियोले पनि धेरै दर्शकको मन तान्न सक्छ ।

एउटा यस्तै गीतमा गोर्खाली चेलीले रोधिमा गीत गाउन बोलाएको प्रशंगले धेरैको मन तानेको छ ।

गायिका बिजु पण्डितको आधुनिक गीत छमछमको नयाँ भिडियोमा रोधि घरमा गीत गाउँन निम्ताएर छमछमी नाचेको दृश्यलाई दर्शकले रुचाएका छन् ।

आरजे केशबको शब्दमा मोहित मुनालको संगीत रहेको गीतको भिडियो श्रीधर पौडेलेको निर्देशनमा तयार गरेका हुन् ।

भिडियोमा गायिक बिजु र पुष्प खड्काले मोडलिङ गरेका छन् । आधुनिक गीत रुचाउनेहरुका निम्ती तयार पारिएको यस भिडियो भाइब क्रिएशनले बजारमा ल्याएको छ ।