९ बैशाख २०८२, मंगलबार | Tue Apr 22 2025


नेपाली वैज्ञानिकद्वारा ‘नानो फोटोनिक चिप’को विकास


0
Shares

काठमाडौं, चैत १३ । नेपाली वैज्ञानिकहरुले श्वास–प्रश्वाससम्बन्धी बिरामीको लागि ‘बायोप्सी’ नै नगरी प्रकाशको माध्यमबाट तन्तुहरुको चित्र लिने ‘नानो फोटोनिक चिप’ प्रविधिको विकास गरेका छन् ।

फुटुङ रिसर्च इन्स्टिच्यूटका चारजना वैज्ञानिकहरुले विकास गरेको उक्त चिप बुधबार काठमाडौंमा सार्वजनिक गरिएको छ ।

कार्यक्रममा वैज्ञानिक डा. असिम ढकालले चिपको सम्पूर्ण परीक्षणपछिमात्र मानिसमा प्रयोग गर्ने जानकारी दिए ।

नानो फोटोनिक चिपको सम्पूर्ण विकास र डिजाइन नेपालमा नै गरिएको हो । यो चिप आँखाको परीक्षणका लागि भने प्रयोग भइरहेको छ ।

नयाँ बनाइएको चिप मुटु र छालासम्बन्धी रोगका लागि पनि प्रयोग गर्नसकिने वैज्ञानिकहरुले बताएका छन् ।

क्यानडा र बेल्जियमका विश्वविद्यालयको सहयोगमा बनाइएको चिप प्रयोगमा आएपछि तन्तु नै नकाटी प्रकाशको माध्यमबाट त्यसको चित्र लिन सकिने र यसबाट बिरामीको समस्या पत्ता लगाउन सकिने डा. ढकालले बताए ।