
काठमाडौं, मंसिर ३ । त्रिभुवन विश्वविद्यालयले वरिष्ठता मिचेर चिकित्साशास्त्र अध्ययन संस्थान महाराजगन्जमा डीन नियुक्त गरेको भन्दै १०औंपटक अनशन बसेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था कमजोर बनेको छ ।
डा. केसी अनशन बसेको शुक्रबार ६ दिन पुगेको छ । पटक–पटक अनशन बस्दा डा. केसीको स्वास्थ्य कमजोर बनेको चिकित्सकहरुले जनाएका छन् ।
डा. केसीले त्रिविले वरिष्ठता मिचेर डा. केशवप्रसाद सिंहलाई डीन बनाएको भन्दै तत्काल सच्याएर वरिष्ठताका आधारमा डीन नियुक्त गर्न माग राखेका छन् ।
यस्तै, उनले डीन नियुक्तिमा चलखेल गरेको भन्दै त्रिभुवन विश्वविद्यालयका उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गर्न पनि माग गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्