८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सव’ हुने


0
Shares

काठमाडौं, मंसिर १ । काठमाडौंमा ‘छैटौं अन्तराष्ट्रिय लोक संगीत चलचित्र महोत्सव’को तयारी सुरु भएको छ । मंसिर ९, १० र ११ गते राजधानीको जमलस्थित सांस्कृतिक संस्थान ‘नाचघर’मा हुने महोत्सवमा १८ देशका चलचित्रहरुले भाग लिदैंछन् ।

आयोजक संस्था नेपाल लोकबाजा संग्रहालयका अध्यक्ष रामप्रसाद कँडेलले नेपाली लोक संगीत, लोक नृत्य, लोक संस्कृतिलाई अन्तराष्ट्रिय स्तरमा पु¥याउन र उनीहरुको संस्कृतिबारे जानकारी दिन महोत्सव आयोजना गरिँदै आएको बताए ।

बर्षेनी अंग्रेजी महिनाको नोभेम्बर महिनामा आयोजना गरिने महोत्सवमा आवेदन परेका विश्वभरका चलचित्रहरुमध्येबाट छनोट आधारमा प्रतिस्पर्धा गराइने अध्यक्ष कंडेलले जानकारी दिए ।

महोत्सवमा १८ देशका ३५ बढी लोकसंगीतमा आधारित बृत्तचित्र अर्थात छोटा–लामा चलचित्रहरु प्रदर्शनी गरिने छ ।

विभिन्न देशका प्रतिनिधिहरु सम्मिलित निर्णायक समितिले तीन दिन भित्र प्रदर्शन भएका उत्कृष्ट चलचित्रलाई अवार्ड प्रदान गरिने आयोजकले जनाएको छ ।

यसबर्षको महोत्सवमा अमेरिका, थाइल्याण्ड, भारत, कंगो, बेलायत, मेक्सिको, स्पेन, बंगलादेश, नेपाललगातका देशका लोक संस्कृतीमा आधारित चलचित्रहरु देखाइनेछ ।

आयोजक कमिटिले निर्णायक समिति समेत बनाएर महोत्सवको अन्तिम तयारी गरिरहेको छ । नेपालका चलचित्र निर्माता प्रदिप कुमार उदय, जेनेभाका ज्याक्स सरासिन र बेलायतकी कारिन वोसवाललाई निर्णायक समितिमा छनोट गरेको छ ।