८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


एकान्तकुनाको मैत्री तथा शिशु स्वास्थ्य र भैंसेपाटीको शुभेक्ता क्लिनिकमा सिलबन्दी


0
Shares

ललितपुर, कात्तिक ३० । ललितपुर, एकान्तकुनाको मैत्री तथा शिशु स्वास्थ्य क्लिनिक र भैंसेपाटीको शुभेक्ता क्लिनिक दर्ता नभइकन सन्चालन भएको भन्दै स्वास्थ्य मन्त्रालयले सिलबन्दी गरेको छ ।

स्वास्थ्य मन्त्रालय, विभाग र जिल्ला जनस्वास्थ्य केन्द्र ललितपुरले मंगलबार अनुगमनपछि मैत्री तथा शिशु स्वास्थ्य क्लिनिक काठमाडौंमा दर्ता गरेर ललितपुरबाट सन्चालन भइरहेको भन्दै सिलबन्दी गरेको हो ।

यस्तै, शुभेक्ता क्लिनिकले दर्ता गरेर सन्चालन गरेको दाबी गरे पनि कागजात पेस गर्न नसकेपछि सिलबन्दी गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयले काठमाडौं, ललितिपुर, काभे्र , मोरङ र बाँके जिल्लामा पनि अनुगमन सुरु गरेको छ ।