
काठमाडौं, कात्तिक २९ । शताब्दीपुरुष सत्यमोहन जोशीले नेपालको मौलिक बौद्धदर्शन अन्तर्गत्को ‘चर्यानृत्य’लाई अन्तर्राष्ट्रियरुपमा प्रचार गर्नुपर्नेमा जोड दिएका छन् ।
बज्र कलाकुन्जले सोमबार काठमाडौंमा आयोजना गरेको एक कार्यक्रममा उनले पहिलोपटक चर्यानृत्य २०१३ सालमा चतुर्थ बौद्ध सम्मेलनमा सार्वजनिकरुपमा प्रर्दशन गरिएको जानकारी दिए ।
तन्त्र तथा बज्रयान बौद्ध धर्मको केन्द्रबिन्दू काठमाडौं उपत्यका भएकोले यो सम्पदालाई संरक्षण गर्नुपर्नेमासमेत उनले जोड दिए ।
कार्यकममा सम्पदा शिविरका कलाकारहरुले चर्यानृत्य, लोकनृत्य, धिमेबाजालगायतको सांस्कृतिक प्रस्तुतिसमेत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्