
ललितपुर, कात्तिक २९ । ललिपतुर, जावलाखेलको गुहेश्वरी डेन्टल केयर सेन्टर ६ महिनादेखि दर्ता नभइ सन्चालन भएको भन्दै स्वास्थ्य मन्त्रालयले सिलबन्दी गरेको छ ।
स्वास्थ्य मन्त्रालय र जिल्ला जनस्वास्थ्य केन्द्र ललितपुरले ललितपुर जिल्लाका अस्पताल, औषधि पसल, फार्मेसी, क्लिनिकहरुको अनुगमन गर्नेक्रममा सोमबार गुहेश्वरी डेन्टल केयर सेन्टरलाई सिलबन्दी गरिएको हो ।
जिल्ला जनस्वास्थ्य कार्यलय ललितपुरमा दर्ता गरेपछिमात्र उक्त डेन्टल केयर सेन्टर सन्चालन गर्न पाइने स्वास्थ्य मन्त्रालयको चिकित्सक सेवा महाशाखा प्रमुख भोलाराम श्रेष्ठले बताए ।
यस्तै, जावलाखेलकै लेजर थेरापी क्लिनिक पनि दर्ता नभइ सन्चालन भइरहेको तर उक्त क्लिनिकले दर्ता प्रक्रियामा गइरहेको दाबी गरेपछि पुरानो दर्ता प्रक्रिया हेरेरमात्र कारबाही गर्ने मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्