
दीर्घराज उपाध्याय (इमेज)
कैलाली, कात्तिक २९ । अवैध बाटो हुँदै भारत जान लागेका ४१ जना तिब्बती नागरिकलाई कैलालीको त्रिनगर प्रहरीचौकीले सोमबार पक्राउ गरेको छ ।
घोताछुघाङ सेवा समाजको पहलमा छिङदुङ टासीदेले ट्राभल एजेन्सीले उनीहरुलाई धनगढीको त्रिनगर नाका हुँदै भारत पठाउन लागेको प्रहरी सहायक निरीक्षक जीवन गुरुङले जानकारी दिए ।
विगत ७/८ वर्षदेखि सो ट्राभल एजेन्सीले यसैगरी तिब्बतीहरुलाई नेपाल हुँदै भारत लैजाने गरेको खुलेको पनि प्रहरीले जनाएको छ ।
पक्राउ परेकाहरुलाई अध्यागमनमार्फत् काठमाडौं फिर्ता पठाउन भन्दै कैलालीमा रहेको अध्यागमन कार्यालयलाई बुझाएको जिल्ला प्रहरी कार्यालय कैलालीको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस्