८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


‘क्षयरोग न्यूनीकरणका लागि सरकार प्रतिबद्ध’


0
Shares

                                                                           फाइल फोटो
भक्तपुर, कात्तिक २९ । शिक्षामन्त्री धनीराम पौडेलले क्षयरोग न्यूनीकरणका लागि सरकारले प्रतिबद्ध भएर काम गर्ने बताएका छन् ।

सोमबार मध्यपुरथिमिमा नेपाल क्षयरोग निवारण संस्था भक्तपुरजिल्ला शाखाले आयोजना गरेको पुरस्कार वितरण, सम्मान एवं दशौं अधिवेशन उद्घाटन समारोहमा उनले सो कुरा बताएका हुन् ।

क्षयरोग गरिब, निमुखा वर्गलाईमात्र लाग्ने रोग भनेर हेलचेक्र्याइँ नगरी आशंकित सबैको स्वास्थ्य परीक्षण गर्न जनचेतना जगाउनुपर्नेमा मन्त्री पौडेलले जोड दिए ।

रोगलाई घृणा गर्ने र रोगीलाई माया गर्ने प्रचलन बनाउनुपर्नेमा जोड दिँदै उनले रोगलाई लुकाउन नहुने बताए ।

कार्यक्रममा मन्त्री पौडेलले नियमित सेवा पुर्‍याएबापत संस्थाका कर्मचारी हिरण्यप्रताप साँगामीलाई रु पाँच हजार एक पुरस्कारसहित सम्मानपत्र प्रदान गरे ।

साँगामीले आफूले पाएको पुरस्कार रकममा रु २५ हजार थप गरेर क्षयरोग न्यूनीकरणका लागि अक्षयकोष स्थापना गर्न संस्थाका अध्यक्ष बाबुकाजी साँछेश्रेष्ठलाई हस्तान्तरण गरे ।

अध्यक्ष साँछेश्रेष्ठ तथा केन्द्रीय अध्यक्ष देवेन्द्रबहादुर प्रधान, समाजसेवी कृष्णलाल गोजाश्रेष्ठ, चन्दनकृष्ण श्रेष्ठलगायतले क्षयरोग न्यूनीकरणका लागि सबै लाग्नुपर्नेमा जोड दिए । रासस