
काठमाडौं । नेपालमा गीतको म्यूजिक भिडियो बनाउने शैली क्रमशः परिवर्तन हुँदै गएको छ । नाट्य अभिनय शैलीमा तयार भएको एउटा भिडियो हालै सार्बजनिक भएको छ ।
नेपाली नाट्यक्षेत्रमा नाम कमाईसकेका कलाकारहरु मनिष निरौला र आना देउजाले अभिनय गरेको म्युजिक भिडियो सार्वजनिक भएको हो ।
सोमबार देखि नेपाली टेलिभिजन र युट्युब मार्फत एक साथ सार्वजनिक गरिएको यस म्युजिक भिडियोलाई फोटोपत्रकार तथा निर्देशक नबिन बाबु गुरुङले निर्देशन तथा छायांकन गरेका हुन ।
सानु महर्जनको स्वर,शब्द र संगीतमा रहेको यस म्युजिक भिडियोलाई स्ट्रिट नेपालले निर्माण गरेको हो ।
सानी विद्यार्थीले आफ्नो गुरुलाई मनपराउँदाको प्रेमभाव लाई निर्देशकले यस म्युजिकक भिडियोको कथामा उनेका छन ।
आना देउजाको यो पहिलो स्क्रिनिङ् हो भने मनिषले भने यस अघि नै केहि म्युजिक भिडियो र ठुलो पर्दाको केहि चलचित्रमा समेत अभिनय गरिसकेका छन ।
यस म्युजिक भिडियोमा गीत अनुसारको अभिनय र कथा उत्कृष्ट बनेको छ । चर्चित निर्देशक तथा सम्पादक प्रविन श्रेष्ठको सम्पादन रहेको यस म्युजिक भिडियोमा रबिना श्रेष्ठको नृत्य निर्देशन रहेको छ ।
प्रतिक्रिया दिनुहोस्