
बुटवल, कात्तिक २८ । रुपन्देही प्रहरीले विभिन्न घटनामा संलग्न अभियुक्तहरुलाई आइतबार सार्वजनिक गरेको छ ।
ईलाका प्रहरी कार्यालय बुटवलले पत्रकार सम्मेलन गरी विभिन्न आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरेको हो । सार्वजनिक गरिएकामा रुपन्देही सैनामैना–१२ का सन्तोष थापा मगर, उमादेवी विक, कल्पना खनाल र अमुवा–५ का शिवकुमार मल्लाह छन् ।
सन्तोष, उमादेवी र कल्पनालाई रुपन्देहीको सैनामैना–१ की चुरी अर्यालको हत्यामा संलग्न भएको आरोपमा पक्राउ गरिएको होे भने शिवकुमारलाई जबर्जस्ती करणीको आरोपमा पक्राउ गरिएको हो ।
प्रहरीका अनुसार पक्राउ परेका शिवकुमारले रुपन्देही भलुहिकी एकजना महिलालाई घर पु¥याईदिने भन्दै अमुवा खोलामा लगेर जवर्जस्ती करणी गरेका थिए । अन्य तीन जनाले गत बर्ष माघमा रुपन्देहीकै सैनामैना–१ बनकट्टामा आफ्नै घरमा रहेकी अर्याललाई हसियाले टाउकोमा प्रहार हानेर हत्या गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्