८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ईमेज लोक कलाकारः पूर्वाञ्चलबाट २० जना छानिए


0
Shares

अपडेट
धरान, कात्तिक २७ । हराउँदै गएको लोकगीतको संरक्षण र नयाँ कलाकारको प्रतिभा उजागर गर्ने उद्देश्यले ईमेज च्यानलले गरेको लोकगीत गायनको बृहत् प्रतियोगिता ईमेज लोक कलाकारको पूर्वाञ्चल अडिसन शनिबार धरानमा सम्पन्न भएको छ ।

अडिसनमा पूर्वाञ्चलका विभिन्न जिल्लाबाट ६० जनाभन्दा बढी सहभागी थिए ।

अडिसनमा गायक तुलसी पराजुली, मनु नेम्वाङ र गणेश न्यौपानेले निर्णायकको भूमिका निर्वाह गरेका थिए ।

६० जना प्रतियोगीमध्ये २० जनाले ‘ग्रीनगार्ड’ पाएर काठमाडौंमा हुने अडिसनका लागि प्रवेश पाएका छन् ।

पूर्वाञ्चल अडिसनमा खोटाङ, भोजपुर, संखुवासभा, उदयपुर, धनकुटा, सुनसरी, मोरङ, झापा, इलाम, पाँचथरलगायतका जिल्लाबाट नवप्रतिभा कलाकारले सहभागिता जनाएका थिए ।

यसअघि, पश्चिमाञ्चलको पोखरामा अडिसनबाट २६ जना छनोट भइसकेका छन् । मंसिर १० र ११ गते काठमाडौंमा पनि छनोट चरणको अडिसन हुनेछ ।

अन्तिम चरणमा उत्कृष्ट भएका प्रतिभालाई नगद एक लाख रुपैयाँ पुरस्कारका साथै भिडियोसहितको गीतिएल्बम निकाल्ने अवसर प्रदान गरिने ईमेज च्यानलले जनाएको छ ।