८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


विमलराज क्षेत्रीको ‘लौरी लुकाउनी’ (भिडियो)


0
Shares

काठमाडौं, कात्तिक २६ । विरहका गीत गाएर चर्चाको शिखरमा रहेका गीतकार विमलराज क्षेत्रीको पछिल्लो गीतको बोल ‘लौरी लुकाउनी’ले यतिबेला बजार तताएको छ ।

अहिलेसम्म चार सयको हाराहारीमा गीत गाइससेका लोक तथा दोहोरीगायक क्षेत्रीले ल्याएको ‘लौरी लुकाउनी’मा मायाको भावना झल्किएको छ ।

त्यसो त मायाको वियोगमा बढी रुचाइएका क्षेत्रीको यो गीतमा लौरी लुकाउनी खेलमार्फत् मायालाई देखाउन खोजिएको छ ।

यो गीत विष्णु घिमिरेले लेखेका हुन् । आफ्नै लयमा क्षेत्रीले गाएको गीतमा प्रेमभावलाइई न्याय दिन खोजेका छन् । गीत गायनमा क्षेत्रीलाई रीतु थापाले साथ दिएकी छन् ।

प्रशान्ति डिजिटलले बजारमा ल्याएको ‘लौरी लुकाउनी’को भिडियोमा यसराज र करिश्मा ढकालको अभिनय रहेको छ ।

पश्चिमी भेकको ‘लौरी लुकाउनी’ खेललाई माध्यम बनाएर गीतमा विमलले त्यस भेकको लोपोन्मुख यस खेललाईसमेत पुनर्ताजगी गर्ने प्रयास गरेका छन् ।

गीतबारे पर्वतका विमल भन्छन्–‘यो गीतमार्फत् मैले आफ्नो क्षेत्रको लोपोन्मुख खेललाईसमेत सम्झन पुगेकाले मेरो गीतलाई मन पराइदिनु हुन्छ भन्ने विश्वास लिएको छु ।’

लोक तथा दोहोरीगायकको दायित्व भनेको लोप हुने अवस्थामा पुगेका स्थानीय चिजलाई पनि बाहिर ल्याउनुरहेको भन्दै विमलले कलाकारहरू संस्कृति जोगाउने पहरेदार बन्नुपर्नेमा जोड दिन्छन् ।

भिडियो हेर्नुहोस्