
प्रज्ञा तिमल्सिना/राममान डंगोल (इमेज)
काठमाडौं, कात्तिक २४ । क्यान्सर रोगको उपचार गर्न महत्वपूर्ण मानिने रेडियोथेरापी मेसिनको अभावका कारण क्यान्सर रोगका बिरामीहरु बाहिरी मुलुकमा जानुपर्ने बाध्यता छ ।
तर, मुलुककै पुरानो र ठूलो सरकारी वीर अस्पतालमा भने एक वर्षदेखि रेडियोथेरापी मेसिन बिग्रिएर थन्किएको छ ।
२५ वर्षदेखि सन्चालनमा रहेको रेडियोथेरापी मेसिन एक वर्षदेखि बिग्रिएर वीर अस्पतालमा यतिकै थन्किएको हो ।
क्यान्सर रोगका बिरामीको उपचारमा रेडियसन दिने रेडियोथेरापी मेसिन एक वर्षदेखि बिग्रिँदा पनि सरकारले चासो नदिएको अधिकारीहरुको भनाइ छ ।
गत आर्थिक वर्षमा रेडियोथेरापी मेसिन किन्न स्वास्थ्य मन्त्रालयले ८ करोड रुपैयाँ रकम विनियोजन गरेको थियो तर उक्त रकम मेसिन किन्न अपुग भएको भन्दै ‘फ्रिज’ भएको थियो ।
अब भने स्वास्थ्यमन्त्री गगन थापाको पहलमा मेसिन किन्न १५ करोड रुपैयाँ रकम छुट्टाइएको वीर अस्पतालले जनाएको छ ।
यसपटक भने टेन्डर आवाह्न गरी ६ महिनाभित्र रेडियोथेरापी मेसिन किनिसक्ने दाबी अस्पतालले गरेको छ । एक रिपोर्ट (विस्तृत भिडियोमा हेर्नुहोस्) ।
भिडियो हेर्न यहाँ क्लिक गर्नुहोस्
प्रतिक्रिया दिनुहोस्