१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


ट्रम्पभन्दा हिलारी क्लिन्टन अगाडी, हिलारीलाई ६८ इलेक्टोरल कलेजमा अग्रता


0
Shares

काठमाडौं, कात्तिक २४ । विश्व शक्ति राष्ट्र अमेरिकामा सम्पन्न राष्ट्रपति निर्वाचनको मतगणना सुरु भएको छ ।

सुरुवाती परिणामअनुसार डेमोक्र्याटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएकी छन् ।

कूल ५० मध्ये १२ राज्यको मतपरिणाम सार्वजनिक हुँदा क्लिन्टनले ६८ इलेक्टोरल कलेजमा जित हात पारेकी छन् ।

रिपक्लिकन उम्मेदवार डोनाल्ड ट्रम्पले भने ३७ इलेक्ट्रोरल कलेज जितेका छन् । अमेरिकामा कुल ५ सय ३८ ईलेक्टोरल कलेज सिट रहेको छ ।

अमेरिकामा ४५औं राष्ट्रपति चयनका लागि बुधबार बिहान मतदान सम्पन्न भएको हो ।

राष्ट्रपति पदको यो महासंग्राममा चार जना उम्मेदवार मैदानमा भए पनि मूख्यतः रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी हिलारी क्लिन्टनबीच नै प्रतिस्पर्धा छ ।

यो निर्वाचनमा ५० वटा राज्य र वासिङटन डीसीका गरी कुल १२ करोड अमेरिकी मतदाता सहभागी छन् ।

यद्यपी ३३ वटा राज्य र वासिङ्टन डीसीका ४ करोड मतदाताले यसअघि नै मत दिइसकेका छन् । राष्ट्रपति निर्वाचित हुनका लागि भने ५ सय ३८ इलेक्ट्रोरल कलेज मतमध्ये २ सय ७० ल्याउनै पर्छ ।

प्रतिनिधिसभा र सिनेटमा चुनिने प्रतिनिधिका आधारमा इलेक्ट्रोरल कलेज मत राज्य अनुसार फरक–फरक हुने गर्दछ ।

लोकप्रिय मत सर्वेक्षणहरुमा हिलारी क्लिन्टन डोनाल्ड ट्रम्पभन्दा करिब चार प्रतिशतले अघि रहेको देखाइएको छ ।

बिहान ११ बजेसम्ममा मत परिणाम आउने बताइएको छ । (एजेन्सी)