८ बैशाख २०८२, सोमबार | Mon Apr 21 2025


ईमेज लोक कलाकारको धरान अडिसन कात्तिक २७ र २८ गते


0
Shares

सुनसरी, कात्तिक २२ । ईमेज च्यानलले सन्चालन गर्न लागेको इमेज लोक कलाकारको धरान अडिसनको तयारी पूरा भएको छ ।

सोमबार धरानमा पत्रकार सम्मेलन गरी यही कात्तिक २७ र २८ गते धरानको रत्न इन होटलमा अडिसन गरिने जानकारी दिइएको हो ।

सो अवसरमा ईमेज लोक कलाकारका कार्यकारी निर्मार्ता अनुपा श्रेष्ठले लोकगीतको संरक्षण तथा नयाँ कलाकारलाई अवसर दिने उद्देश्यले ईमेज लोक कलाकार कार्यक्रम आयोजना गर्न लागेको बताइन् ।

धरान अडिसनका लागि गायकहरु तुलसी पराजुली, गणेश न्यौपाने र मनु नेम्वाङ निर्णायकमा रहेका छन् ।

यसअघि गत असोजमा ईमेज लोक कलाकारको पोखरा अडिसन सम्पन्न भइसकेको छ ।

प्रतियोगितामा उत्कृष्ट हुने प्रतिभालाई नगद एक लाख रुपैयाँ पुरस्कारका साथै म्युजिक भिडियोसहितको गीतिएल्बम निकाल्ने अवसर प्रदान गरिने छ ।