
पटना, कात्तिक २२ । भारतको बिहार राज्यस्थित दरभंगामा रेलको ठक्करबाट ६ महिलाको मृत्यु भएको छ । छठ पूजामा सहभागी भएर फर्कने क्रममा ती महिलालाई रेलले ठक्कर दिएको हो ।
भारतीय संचारमाध्यमका अनुसार स्वतन्त्रता सेनानी एक्सप्रेस नाम गरेको रेलको ठक्करबाट रामभद्रपुर स्टेशन नजिकै ती महिलाको मृत्यु भएको हो । बाक्लो कुहिरोका कारण रेल आएको थाहा नपाउँदा ती महिलाहरु दुर्घटनामा परेको बताइएको छ ।
यसैबीच बिहार कै मुजफ्फरपुरमा छठ पूजा कै क्रममा डुबेर पाँच बालबालिकाको मृत्यु भएको छ ।
पूजाका क्रममा नुहाइरहेका ती बालबालिकाको डुबेर मृत्यु भएको जनाइएको छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्