१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


अमेरिकामा सडक दुर्घटनामा परी चार नेपालीको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक २२ । अमेरिकास्थित एटलान्टामा भएको सडक दुर्घटनामा चार जना नेपालीको मृत्यु भएको छ ।

सामान ओसार पसार गर्ने ट्रकसँग गाडी ठोक्किँदा उक्त घटना भएको प्रहरीले जनाएको छ ।

निसान अल्टीमा गाडीमा रहेका गुल्मी घर भइ काठमाडौं बस्ने चिरन्जीवि खनाल, उनकी पत्नी श्यामा, दुई बुहारी ऋचा खनाल र सम्रीका पन्तको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको हो ।

चालक र अगाडी बसेका समिर र सुवास खनाल भने गम्भीर घाइते भएका छन् ।