७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


साझा प्रकाशनलाई माथि उठाउन व्यवस्थापन कुशलताको आवश्यकता : नेपाल


0
Shares

काठमाडौं, कात्तिक २० । पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता माधवकुमार नेपालले साझा प्रकाशनलाई माथि उठाउन सरकारी सहयोगसँगै व्यवस्थापन कुशलताको पनि आवश्यकता भएको बताएका छन् ।

शनिबार साझा प्रकाशनद्वारा प्रकाशित कथासंग्रह ‘घर बिनाको घर’को विमोचन कार्यक्रममा नेता नेपालले साझा प्रकाशन प्रतिस्पर्धाको मैदानमा उत्रिएर सफल भएमामात्र संस्था पुनर्जागरण हुनसक्ने बताए ।

यसका लागि संस्थासँग सम्बन्धित सबैको समन्वय र सहकार्य जरुरी रहेको उनले जिकिर गरे ।

सहकारी विकास बैंकबाट लिएको साढे ४ करोडको ऋण तिर्न नसक्दा संस्थाको केन्द्रीय कार्यालय पुल्चोकमा रहेको जग्गा लिलामी हुने अवस्थामा पुगेको छ ।

साथै, ४० करोडभन्दा बढी ऋण दायित्व संस्थामाथि रहेको अध्यक्ष तथा महाप्रबन्धक डोलिन्द्रप्रसाद शर्माले बताए ।

उनले ४० करोड ऋण तथा अनुदान सरकारबाट प्राप्त भएमा संस्थाले जीवन्तता पाउने बताए ।

साहित्यकार राम विनयद्वारा रचित कथासंग्रहमा १४ ओटा कथाहरु समावेश छन् ।