
काठमाडौं, कात्तिक १९ । ३५ वर्ष उमेर पार गरेका महिलाहरुबाट जन्मिएका सन्तानमा ‘डाउन सिन्ड्रोम’ रोग देखिन थालेको चिकित्सकहरुले दाबी गरेका छन् ।
डाउन सिन्डो«म एसोसियसनले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा उनीहरुले पाको उमेर समूहका महिलाबाट जन्मेका सन्तानमा यस्तो रोग देखिन थालेपनि सरकारले कुनै वास्ता नगरेको गुनासो गरेका थिए ।
डाउन सेन्डो«म भएका बालबालिकाको मानसिक र शारीरिक विकाससमेत राम्रोसँग नहुने, मुख सानो हुने, आखा तानिएकोजस्तो हुने कपाल झर्ने, मानिसक विकास राम्रोसँग नहुनेजस्ता लक्षणहरु देखापर्ने चिकित्सकहरुले बताएका छन् ।
यस्तो समस्या जन्मजातरुपमै हुनेपनि कार्यक्रमम जानकारी दिइयो ।
नेपालमा डाउन सिन्ड्रोम भएका बालबालिकाहरुको संख्या कति छ भन्ने यकिन तथ्यांक छैन ।
विश्वमा भने प्रतिएक हजार बालबालिकामध्ये एकजनामा यस्तो समस्या रहने गरेको चिकित्सकहरुले बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्