
भोजपुर, कात्तिक १९ । जिल्लाको पूर्वी बास्तिम गाविसमा आफ्नै श्रीमान्ले छुरा प्रहार गरी श्रीमतीको हत्या गरेको आरोप लगाइएको छ ।
श्रीमती सुष्माले बास्तिम गाविसबाट बच्चाको जन्मदर्ता गराएर फर्कंदै गर्दा विहीबार राति बाटैमा धारिलो हतियार प्रयोग गरी श्रीमान् राजकुमार बस्नेतले हत्या गरेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जिकिर गरेको छ ।
अभियुक्त राजकुमार फरार छन् । हत्याको कारण भने खुल्न सकेको छैन । उनको खोजी जारी रहेको प्रहरी निरीक्षक राधाप्रसाद पराजुलीले बताए ।
सुष्माको शव परीक्षणका लागि शुक्रबार जिल्ला अस्पताल भोजपुरमा ल्याइँदै गरेको बताइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्