१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


टर्कीमा विपक्षी दलका दुई शीर्ष नेता र ९ सांसद पक्राउ, सामाजिक संजाल प्रयोगमा रोक


0
Shares

अंकारा, कात्तिक १९ । टर्कीमा विपक्षी दलका दुई नेतासहित ११ जना राजनीतिज्ञलाई पक्राउ गरिएको छ । पक्राउ पर्ने अन्य नौजना सांसद रहेको बताइएको छ ।

अधिकारीहरुका अनुसार कुर्द समर्थित विपक्षी दल ‘पिपल्स डेमोक्रेटिक पार्टी’का दुई नेतासहित ११ जनालाई पक्राउ गरिएको हो । सेलाहत्तेन डेमिर्तास र फिगेन युक्सेडागलाई हिरासतमा लिइएको संचारमाध्यमहरुले जनाएका छन् ।

टर्कीस संचारमाध्यमका अनुसार प्रहरीले आतंक निरोधक एक अनुसन्धानका क्रममा सेलाहत्तेन र फिगेनको घरमा छापा मारेको थियो । छापा लगत्तै उनीहरुलाई पक्राउ गरिएको सुरक्षा स्रोतलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् ।

सो गिरफ्तारी लगत्तै टर्कीमा फेसबुक, ट्वीटर, युट्युब र ह्वाट्सएप जस्ता सामाजिक संजालमा रोक लगाइएको छ । (एजेन्सी)