
रत्नप्रसाद आचार्य (इमेज)
सुनसरी, कात्तिक १८ । सुनसरीको तरहरा बजारको भोजपुरे लजमा सुतिरहेका धनकुटाका तोरण पौडेल र लज सन्चालक जंग राईमाथि गोली प्रहार गर्ने तीनजना पक्राउ परेका छन् ।
गत मंगलबार बिहान गोली हानी फरार रहेका भोजपुर नेपालडाँडाका ‘मिसन’ उपनामका १७ वर्षीय हरिप्रसाद विष्ट, उदयपुर त्रियुगा नगरपालिकाका २८ वर्षीय प्रशान्त कार्की र विराटनगर १७ का अंकित कुमारलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका तीनैजनालाई विहीबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरिएको छ ।
सो घटनामा संलग्न अरु तीनजना फरार रहेकाले उनीहरुको खोजी भइरहेको इलाका प्रहरी कार्यालय इटहरीका डीएसपी नरेशराज सुवेदीले जानकारी दिए ।
पक्राउ परेकाहरुको साथबाट एकथान अटोमेटिक पेस्तोल, पाँचथान गोली, छुरी एकथान र पाँचथान मोबाइल बरामद भएको पनि प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्