१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


नाच हेर्न गएका दुई किशोरको हत्या


0
Shares

मोरङ, कात्तिक १६ । मगर समुदायले मनाउने हुर्रा नाच हेर्न गएका दुई किशोरको गएराति मोरङको लेटाङभोगटेनीमा हत्या भएको छ ।

गएराति १ बजेतिर लेटाङभोगटेनी नगरपालिका–५ मा हुर्रा नाच हेर्ने क्रममा विवाद हुँदा खुकुरी प्रहारबाट मोरङ केराबारी–९ का १५ वर्षीय दिपेन गुरुङ र सोही ठाउँका १८ वर्षीय सनम गुरुङको हत्या भएको हो ।

खुकुरी प्रहारबाट गम्भीर घाइते भएका दुवैजनाको उपचारका क्रममा विराटनगरस्थित नोबेल अस्पतालमा मंगलबार बिहान साँढे ३ बजेतिर मृत्यु भएको इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक गणेशमान श्रेष्ठले जानकारी दिए ।

घटनाको कारण र खुकुरी प्रहार गर्नेको पहिचान हुन नसकेकाले यसबारे अनुसन्धान कार्य भइरहेको प्रहरी निरीक्षक श्रेष्ठले बताए । (रासस)