१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


खोलामा शव फेला, कुटपिटबाट हत्या भएको आशंका


0
Shares

रुपन्देही, कात्तिक १५ । रुपन्देहीको बुटवल उपमहानगरपालिका र सैनामैना नगरपालिकाको सिमानामा पर्ने बमहा खोलामा एक युवकको शव फेला परेको छ ।

बुटवल उपमहानगरपालिका–५ गोलपार्कका ३५ वर्षीय वीरबहादुर गुरुङको शव फेला पारिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय रन्यौराका प्रहरी निरीक्षक वसन्त रानाका अनुसार शव केही भाग पानीमा डुबेको र केही भाग जमिनमा रहेको अवस्थामा फेला परेको थियो ।

शवको प्रकृति हेर्दा कुटपिटबाट हत्या भएको हुनसक्ने अनुमान प्रहरीले गरेको छ ।