७ बैशाख २०८२, आइतबार | Sun Apr 20 2025


बाँके र बर्दियामा थप डेंगुका बिरामी भेटिए


0
Shares

काठमाडौं, कात्तिक १३ । बाँकेमा सात तथा बर्दियामा दुईजना डेंगुका नयाँ बिरामी भेटिएका छन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार डेंगुबाट साउनयता ५९४ बिरामी भेटिएका छन् ।

महाशाखाका निर्देशक डा. भीम आचार्यले बाँकेमा यस रोगबाट तीनजनाको मृत्यु भएको भन्ने खबर पुष्टि नभएको बताए ।

‘डेंगु प्रभावित जिल्लामा आवश्यक औषधि र चिकित्सक खटाइसकेका छौं, चाडपर्वका समयमा पनि उपचार हुन्छ’–उनले भने ।

डेंगु देखिएको सबै जिल्लामा चाडपर्व र बिदाका समयमा पनि सेवा दिन परिपत्र गरिएको उनले बताए । रासस