२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


सर्लाहीको चुरे क्षेत्रका बासिन्दामा खानेपानीको समस्या (भिडियो)


0
Shares

प्रकाश मैनाली

सर्लाही, असार २४ । चुरेक्षेत्रमा पर्ने सर्लाहीको कालिन्जोरमा खानेपानीको अभाव देखिएको छ । स्थानीयवासी घण्टौँ लगाएर खानेपानीको जोहो गर्न बाध्य भएका छन् ।

पानी संकलन गर्नकै लागि स्थानीयको बिहानको समय सकिन्छ । घण्टौँ लगाएर हिँडेपछि मात्र शुद्ध पानी पाइने भएकोले सर्लाहीको चुरेभेगमा पर्ने कालिन्जोरका स्थानीयलाई सास्ती भइरहेको हो ।

हिउँदयाममा त प्रायः धेरै ठाउँमा खानेपानीको समस्या हुन्छ नै । तर वर्षायाममा आएको भेलले पाइप बगाएपछि शुद्ध पानीको अभाव उत्तिकै छ ।

स्थानीयले महोत्तरीको सीमानामा पर्ने बाँके खोलाबाट जरुवाको पानी पाइपमार्फत् ल्याएर प्रयोग गरिरहेका छन् । खोलाबाटै पाइप विस्तार गरिएकाले बाढी आउँदा बारम्बार बगाएर लाने समस्या देखिएको हो ।

कालिन्जोरको वडा नं. ७ र ८ सुकेपुर, फूलजोर, पिपल चौतारा र चाकल टोलमा प्रायजसो खानेपानीको समस्या हुने गर्दछ । कतिपयले त टाढाटाढाबाट पानी बोकेर खाइरहेका छन् तर कसैले भने इनारकै दूषित पानी पिउँदै आएका छन् ।

स्थानीय सरकार आएको वर्षदिन पुगिसकेको छ तर यस्ता जल्लाबल्दा समस्या भने ज्यूँका त्यूँँ छन् । कालिन्जोरका वडाध्यक्ष नागेन्द्र कुमार पाख्रिन भने खानेपानीको समस्या समाधानका लागि वडा कार्यालयले पहल गर्ने बताउँछन् ।

जलस्रोतको धनी हाम्रोजस्तो देशमा पानीको अभाव देखिनुले यहाँको व्यवस्थापन पक्ष कत्तिको फितलो छ भन्ने कुरा स्पष्ट पारेको छ । खानेपानी अभावका कारण यस क्षेत्रका सबैलाई समस्या भइरहेको छ । यसतर्फ सम्बन्धित निकायले खानेपानीको भरपर्दो उपाय सोच्न जरुरी छ ।

भिडियो रिपोर्ट हेर्नुहोस्