
वासिंटन, कात्तिक १३ । अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्रेट उम्मेदवार हिलारी क्लिन्टनले संघीय जाँच ब्यूरो एफबीआईले फेरि आफ्नो ईमेलको अनुसन्धान थाले पनि त्यसले केही फरक नपर्ने दाबी गरेकी छन् ।
क्लिन्टन विदेशमन्त्री छँदाको समयको ईमेल दुरुपयोग भए÷नभएको बारे एफबीआईले फेरि अनुसन्धान थालेको हो । नोभेम्बर ८ मा हुने अमेरिकी राष्ट्रपति पदको निर्वाचनको मुखमा आएर एफबीआईले फेरि क्लिन्टनको ईमेल छानबिन गर्न थालेकाले संशय भने छाएको छ । तर क्लिन्टनले एफबीआईले पहिले नै यसबारे छानविन गरी पूर्ण प्रतिवेदन दिइसकेकाले त्योभन्दा भिन्न कुनै निष्कर्ष नआउने दृढता व्यक्त गरिन् ।
ब्यूरोले भने पहिलेभन्दा महत्वपूर्ण तथ्य फेला परेको भन्दै फेरि जाँच अगाडी बढाएको हो । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्