११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


मनी ट्रान्सफरबाट पैसा झिकेर घर जाँदै गरेका व्यक्तिको साथबाट लाख बढी लुटियो


0
Shares

लहान, कात्तिक १२ । मनी ट्रान्सफरबाट रकम झिकेर घर जाँदै गरेका एक व्यक्तिको साथबाट शुक्रबार रु एक लाख २४ हजार लुटिएको छ ।

छोरा शत्रुघ्न मण्डलले विदेशबाट पठाएको रकम लहानस्थित मनी ट्रान्सफरबाट झिकेर घरतर्फ जाँदै गरेका सिरहा गाविस–२ का सटहुका साथमा रहेको रु एक लाख २४ हजार लुटिएको हो ।

मनी ट्रान्सफरबाट रकम झिकेर बाहिरिएलगत्तै मोटरसाइकलमा आएका तीनजनाको समूहले सटहुका शरीरमा पानीमा बिस्कुट घोलेर छर्किएको र सो पखाल्न लाग्दा उनीहरुले रकम लुटेर फरार भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ । रासस