१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


लिबियाको तटीय क्षेत्रमा डुंगा डुब्दा ९० जनाभन्दा बढी बेपत्ता


0
Shares

लिबिया, कात्तिक १२ । आप्रपासीहरु सवार एक डुंगा लिबियाको तटीय क्षेत्रमा दुर्घटना हुँदा ९० भन्दा बढी व्यक्ति वेपत्ता भएका छन् ।

तटीय गार्डका प्रवक्ताले पत्रकार सम्मेलन गरी डुंगामा एक सय २९ जना सवार रहेका र त्यसमा २९ जनालाई भने उद्धार गरिएको जानकारी दिएका छन् । बेपत्ता रहेका यात्रुमा तीन महिला र एक बालकसमेत रहेको बताइएको छ ।

सो डुंगा लिबियाको राजधानी त्रिपोलीबाट ५० किलोमिटर पूर्वमा रहेको तटीय क्षेत्र गराबुल्लीबाट प्रस्थान गरेको थियो । (एजेन्सी)