
काठमाडौं, कात्तिक ११ । नेपाल टेलिकमले वाइमेक्स प्रविधिको ब्रोडब्यान्ड इन्टरनेट सेवाको पहुँच ७५ ओटै जिल्लामा विस्तार गरेको छ ।
उच्चगतिको इन्टरनेट सेवा विस्तार गर्नेक्रममा कम्पनीले यसअघि नै ७४ ओटा जिल्लामा वाइम्याक्स सेवाको पहुँच विस्तार गरिसकेकोमा यही कात्तिक ७ गतेदेखि हुम्लामासमेत यो सेवाको विस्तार गरेपछि अब ७५ ओटै जिल्लामा वाइम्याक्स सेवाको पहुँच पुगेको टेलिकमले जनाएको छ ।
वाइम्याक्स प्रविधि हाल मुलुकमा उपलब्ध इन्टरनेट सेवामध्ये सबैभन्दा आधुनिक फोर–जी प्रविधिको इन्टरनेट सेवा हो । रासस
प्रतिक्रिया दिनुहोस्