१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


पाकिस्तानले आजको दिनलाई किन ‘कास्मिरको कालोदिन’ भन्छ ?


0
Shares

काठमाडौं, कात्तिक ११ । आजभन्दा ७० वर्षअघि (सन् १९४७ अक्टोबर २७) भारत प्रशासित कास्मिरमा भारतीय सेना अनाधिकृतरुपमा प्रवेश गरेको भन्दै आजको दिनलाई पाकिस्तानले ‘कास्मिरको कालोदिन’को रुपमा मनाउँदै आएको छ ।

यसै सिलसिलामा काठमाडौंस्थित पाकिस्तानी दूतावासका पदाधिकारीहरुले पनि हातमा कालोपट्टी बाँधेर ‘कालोदिवस’ मनाए ।

यसै सन्दर्भमा विहीबार पाकिस्तानी दूतावासमा ‘जम्मु–कास्मिरमा मानवअधिकारको आयाम’ विषयक अन्तरक्रियाको आयोजना पनि गरियो ।

अन्तरक्रियामा पाकिस्तानी राजदूत मजहर जावेदले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सबै समस्याहरुको समाधान मानवअधिकारलाई केन्द्रमा राखेर वार्ताको माध्यमबाट सल्टाउनुपर्नेमा जोड दिए ।

उनले संयुक्त राष्ट्रसंघले पारित गरेको प्रस्ताव र तत्कालीन प्रधानमन्त्री जवहारलाल नेहरुले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको पालना गर्नुपर्ने लिखित प्रतिबद्धता कार्यान्वयन गराउन अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण पनि गराए ।