१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


‘कास्मिरी जनताको स्वनिर्णयको अधिकारको भारतले सम्मान गर्नुपर्छ’


0
Shares

काठमाडौं, कात्तिक ११ । नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदले कास्मिरलगायत पाकिस्तान र भारतबीचका सम्पूर्ण समस्या वार्ताको माध्यमबाटै समाधान गर्नुपर्छ भन्नेमा आफ्नो मुलुक दृढ रहेको बताएका छन् ।

काठमाडौंस्थित पाकिस्तानी दूतावासमा विहीबार आयोजित ‘जम्मु–कास्मिर विवादमा मानवअधिकारको आयाम’ विषयक प्रवचन कार्यक्रममा उनले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको भारतले सम्मान गर्नुपर्नेमा जोड दिए ।

उनले भने–‘संयुक्त राष्ट्रसंघले पारित गरेको प्रस्ताव र तत्कालीन प्रधानमन्त्री जवाहरलाल नेहरुले कास्मिरी जनताको स्वनिर्णयको अधिकारको सम्मान गर्ने लिखित प्रतिबद्धता कार्यान्वयन हुनुपर्छ ।’

दक्षिण एसियाको स्थायित्व, विकास र शान्तिका लागि भारत र पाकिस्तानबीच मैत्री अपरिहार्य भएको धारणा उनले व्यक्त गरे ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका सांसद, पूर्वराजदूत, प्राध्यापक तथा वरिष्ठ पत्रकारलगायत समाजका प्रतिष्ठित व्यक्तिहरूको उपस्थिति थियो । रासस