
भक्तपुर, कात्तिक ११ । दिदीको घरमा आएकी काभ्रे वाल्टिङ–३ की २३ वर्षीया तारा शाहको विहीबार ज्यान गएको छ ।
मध्यपुरथिमि नगरपालिका–३ बोडे सिन्टिटार बस्ने दिदीको घरमा तरकारीमा प्रयोग गर्न राखेको विषादीको सेवनबाट ज्यान गएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी निरीक्षक प्रकाश विष्टले जानकारी दिए ।
विष सेवनपछि उपचारका लागि नागरिक अस्पताल गट्ठाघर लगेकामा उपचारकैक्रममा ज्यान गएपछि थप अनुसन्धान सुरु गरेको उनले जानकारी दिए ।
शव परीक्षणका लागि त्रिवि शिक्षण अस्पताल पठाइएको छ । रासस
प्रतिक्रिया दिनुहोस्