२५ चैत्र २०८१, सोमबार | Mon Apr 7 2025


क्याम्पस प्रमुखसहित पाँच जनालाई विद्यार्थीले कार्यकक्षमै थुने


0
Shares

विराटनगर, असार २४ । तीन विद्यार्थी संगठनले विराटनगरस्थित महेन्द्र मोरङ आदर्श क्याम्पसका क्याम्पस प्रमुखसहित पाँच जनालाई कार्यकक्षमै थुनेका छन् ।

शुल्क बृद्धिको आरोपमा क्याम्पस प्रमुख बाबुराम तिम्सिना, सहायक क्याम्पस प्रमुखहरु मोहनकुमार श्रेष्ठ, ताराप्रसाद यादव, सुशील अधिकारी र प्रशासन प्रमुख गुदरप्रसाद यादवलाई उनीहरुले थुनिदिएका थिए ।

एमाले निकट अनेरास्ववियु, माओवादी निकटको अखिल क्रान्तिकारी र नयाँ शक्ति निकटको विद्यार्थी संगठनले क्याम्पस प्रमुख लगायतलाई कार्यकक्षमै बाहिरबाट ताला लगाएर बिहान १० बजेदेखि थुनेका हुन् । क्याम्पस प्रशासनले मास्टर इन पब्लिक एडमिनिस्ट्रेसन र ब्याचलर इन एडमिनिस्ट्रेसन फ्याकल्टीमा एक सेमेस्टरका लागि तीन हजारका दरले शुल्क बृद्धि गरेपछि थुन्नुपरेको विद्यार्थी नेताहरुले बताएका छन् ।

बृद्धि गरिएको शुल्क घटाउने सहमति नभएसम्म ताला नखोलिने पनि अनेरास्ववियुका विद्यार्थी नेता नविन पहाडीले बताए ।

महेन्द्र मोरङ क्याम्पसमा १७ वटा विषयमा २ हजार भन्दा बढी विद्यार्थी अध्ययनरत् छन् ।