
दाङ, कात्तिक १० । दाङको तुलसीपुर बसपार्कबाट बुधबार बिहान एकजना व्यक्तिबाट १६ लाख लुटपाट भएको छ ।
प्रहरीका अनुसार आँखामा खुर्सानीको धुलो हालेर दुर्गा लामिछानेको साथमा रहेको रु १० लाख भारु लुटपाट भएको हो ।
मोटरसाइकल चढेर आएका तीनजना नकाबधारीले लामिछानेको आँखामा खुर्सानीको धुलो हालेर रकम लुटेका हुन् ।
लामिछाने बुटवल वस्त्रालयमा लामो समयदेखि कार्यरत् कर्मचारी हुन् ।
तुलसीपुर–१४ चैलाही निवासी लामिछानेलाई इलाका प्रहरी कार्यालय तुलसीपुरले पक्राउ गरी अनुसन्धान सुरु गरेको गरेको छ ।
इप्रकाका प्रमुख डीएसपी लोकनाथ तिमिल्सेनाले अनुसन्धानपछि सत्यतथ्य सार्वजनिक गरिने बताए ।
बुटवल वस्त्रालयका मालिक राजकुमार श्रेष्ठले लामिछानेलाई उक्त रकम दिएर पसलका लागि सामान लिन पठाएको बुझिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्