१७ बैशाख २०८२, बुधबार | Wed Apr 30 2025


इराकी जनता सर्वाधिक दयालु, चिनियाँ सर्वाधिक कम दयालु !


0
Shares

लन्डन, कात्तिक १० । लामो समय युद्धको चपेटामा परेको मुलुक इराक भौतिक रुपमा तहस नहस नै भएको छ । तर इराकी जनता भने विश्वमै सर्वाधिक दयालुको सूचीमा देखिएका छन् ।

सीएएफ वर्ल्ड गिभिङ इन्डेक्स २०१६ अनुसार इराकी जनता विश्वमै सर्वाधिक दयालु छन् । उनीहरु अन्जान मासिसप्रति सबैभन्दा बढी उदार देखिने सो प्रतिवेदनमा उल्लेख छ ।
चीन भने यो सूचीमा सबैभन्दा तल छ । अर्थात्, अन्जान मानिसप्रति चिनियाँ जनता दयालु देखिदैंनन् ।

प्रतिवेदनअनुसार एक महिनाको अवधिमा प्रत्येक १० इराकी जनतामध्ये ८ जनाले यस्ता मानिसलाई मद्दत गरेको पाइयो, जसलाई उनीहरु चिन्दैनन् ।

सो प्रतिवेदन अनुसार म्यानमारका जनता सर्वाधिक दानी छन् । एक महिनामा त्यहाँका ९१ प्रतिशत जनताले कुनै न कुनै रुपमा दान गरेका छन् ।
दयालुको सूचीमा अमेरिकी दोस्रो नम्बरमा छन् । ७३ प्रतिशत अमेरिकीले अन्जान मानिसलाई मद्दत गरेको पाइएको छ भने ६३ प्रतिशत अमेरिकीले दान गरेको सो प्रतिवेदनमा उल्लेख छ ।

दक्षिण एसियाली मुलुकमा भुटानमात्र यस्तो एउटा देश हो जो यो सूचीको शीर्ष २० भित्र सामेल छ । भुटान उक्त सूचीको १८ औं नम्बरमा छ । (एजेन्सी)