
काठमाडौं, कात्तिक ९ । नक्साल भगवतीबहालस्थित होटल गणपतिमा जुवा (कौडा) खेलिरहेका १६ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
होटलको पहिलो तलाको कोठा नम्बर–१०५ मा कौडा खेलिरहेका बुढानिलकन्ठ नगरपालिका–४ कपन बस्ने राजुकुमार अधिकारीसहित १६ जनालाई महानगरीय प्रहरी बृत्त कमलपोखरीबाट खटिएको प्रहरी टोलीले सोमबार राति नगद २५ लाख ६४ हजार १ सय रुपैयाँ र कौडा १६ थानसहित पक्राउ गरेको हो ।
पक्राउ परेकाहरुलाई आवश्यक कानुनी कारबाही सुरु गरीएको प्रहरीले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्