
वासिंटन, कात्तिक ९ । अमेरिकामा राष्ट्रपति पदका लागि निर्वाचन हुन दुई साता बाँकी रहँदा डेमोक्रेटिक पार्टीकी उम्मेदवार हिलारी क्लिन्टनले अग्रता लिएको तथ्य प्रकाशमा आएको छ ।
पछिल्लो मत सर्वेक्षणमा हिलारीले रिब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पको तुलनामा ५.५ प्रतिशत अग्रता लिएकी हुन् ।
सीएनएन ओआरसीले गरेको सर्वेक्षणमा हिलारीले ४९ प्रतिशत मत प्राप्त गरेकी छन् भने ट्रम्प ४४ प्रतिशतको हाराहारीमा सीमित छन् ।
हिलारीले ४५ वर्षभन्दा कम उमेर समूहका ५३ प्रतिशत मतदाताको समर्थन प्राप्त गरेकी छन् भने ५० देखि ६४ वर्ष उमेर समूहमा उनी ट्रम्पभन्दा ४ अंकले पछि छिन् । महिला वर्गमा ट्रम्पको तुलनामा हिलारी १२ अंकले अगाडी देखिएकी छन् ।
युवा, अश्वेत तथा महिला मतदाताले हिलारीलाई बढी रुचाएको पाइन्छ । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्