
काठमाडौं, कात्तिक ७ । जापानमा भएको बिस्फोटमा एक जनाको मृत्यु भएको छ भने दुईजना घाइते भएका छन् ।
जापानको उतसुनोमियाको एक पार्कमा भएको बिस्फोटका कारण थुप्रै सवारी साधन नष्ट भएका छन् ।
जापानको सांस्कृतिक पर्व आयोजना गर्न पार्कमा सयौं नागरिक भेला भएको बेलामा भएको बिस्फोटका कारण सर्वसाधारणमा भागदौड मच्चिएको थियो ।
घटना नियोजीत हो वा अन्य कुनै कारण हो भन्नेबारे अनुसन्धान जारी छ । घटनापछी जापानमा सुरक्षाब्यबस्था कडा तुल्याईएको छ । जापानमा बिस्फोटका घटना कमै हुने गरेको पाइन्छ ।(एजेन्सी)
प्रतिक्रिया दिनुहोस्