
काठमाडौं, कात्तिक ७ । अफ्रिकी मुलुक हैटीको एक कारागारबाट १ सय ७० जना कैदी फरार भएका छन् ।
हैटीको राजधानी पोर्ट–ए–प्रिन्सबाट ४५ किलोमिटर टाढा रहेको आरकाही कारागारबाट उनीहरु फरार भएका हुन् ।
फरार हुनुअघि कारागार सुरक्षागार्डसँगको भिडन्तमा एक सुरक्षागार्ड र एक कैदीको मृत्यु भएको छ । घटनामा तीन जना कैदी घाइते भएका छन् ।
फरार कैदीहरुले कारागारको सुरक्षागार्डका साथमा रहेका पाँच वटा राइफलसमेत लगेका छन् । उनीहरुको खोजीका लागि सयौं सुरक्षाकर्मी परिचालन गरिएको छ ।
यद्यपी कारागारको पोशाक नलगाएका कारण उनीहरुको खोजी गर्न कठिनाई भएको हैटीका अधिकारीहरुले बताएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्