
दाङ, कात्तिक ६ । ठूलो परिमाणमा विस्फोटक पदार्थसहित प्रहरीले दाङको तुलसीपुरवाट शुक्रबार राति दुईजनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारत बराइन घर बताउने अरविन्दकुमार चक्रवर्ती र हेकुली गाविस–३ का नवीन चौधरी रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी नायब उपरीक्षक लोकनाथ तिमिल्सिनाले बताए ।
दुईबोरा विस्फोटक पदार्थसहित पक्राउ परेका दुबैजनामाथि विस्फोटक पदार्थ ओसारपसार तथा बिक्री–वितरणसम्बन्धी मुद्दा चलाउने तयारी प्रहरीले गरेको छ ।
नजिकँदो तिहार पर्वलाई लक्षित गरेर उक्त परिमाणको विस्फोटकजन्य पदार्थ बिक्री–वितरणका लागि तुलसीपुर बजारमा ल्याएको हुनसक्ने अनुमान प्रहरीको छ । रासस
प्रतिक्रिया दिनुहोस्