१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


किरकुकमा ‘आइएस’को आक्रमण, १९ जनाको मृत्यु


0
Shares

काठमाडौं, कात्तिक ५ । इराकको किरकुकमा इस्लामिक अतिवादी संगठन ‘आइएस’ले गरेको पछिल्लो आक्रमणमा १९ जना मारिएका छन् ।

किरकुकमा रहेको सरकारी भवन र विद्युत्गृहमा एकसाथ आक्रमण गरेको जनाइएको छ ।

सरकारी भवनमा ६ जना प्रहरी र विद्युत्गृहमा १३ जना मजदुर मारिएका छन । जवाफी कारबाहीमा १२ जना आइएस कार्यकर्ता पनि मारिएका छन् ।

इराकको मोसुलमा आइएसका कार्यकर्ताविरुद्ध अमेरिकी र इराकी सेनाको संयुक्त गठबन्धन सेनाले थालेको अभियानमा आइएसतर्फ ठूलो नोक्सानी भएपछि आइएसले किरकुकमा आक्रमण गरेको हो ।

यता, मोसुलमा जारी अभियानमा सर्वसाधारणको ठूलो क्षति नहोस् भन्ने उद्देश्यले अधिकांश मस्जिद बन्द गरिएका छन् ।

आइएसको पकड रहेको मोसुल सहरमा अझै हजारौं नागरिकहरु फसिरहेका छन् भने पलायन भएका नागरिकहरु फर्कनेक्रम पनि जारी छ । (एजेन्सी)