१६ बैशाख २०८२, मंगलबार | Wed Apr 30 2025


यौन शोषणमा संलग्नलाई नपुंशक बनाइने


0
Shares

काठमाडौं, कात्तिक ४ । इन्डोनेसियामा यौन शोषणमा संलग्न व्यक्तिलाई नपुंशक बनाइने भएको छ ।

इन्डोनेसिया सरकारले बालबालिकाको यौन शोषणमा संलग्नलाई नपुंशक बनाउनेसम्बन्धी कानुन ल्याएको हो ।

इन्डोनेसियाको संसद्ले यौन शोषणमा संलग्नलाई नपुंशक बनाउनेसम्बन्धी विवादित कानुन पारित गरेको हो । राष्ट्रपति विडोडोले यससम्बन्धी नयाँ कानुन ल्याएको पुष्टि गरेका छन् ।

नयाँ कानुनअनुसार बालबालिकाको यौन शोषणमा संलग्न व्यक्तिलाई रासायनिक तरिकाबाट भविष्यमा यौन सम्पर्क गर्न नसक्ने बताइने छ ।

रासायनिक बन्ध्याकरणलाई नियमित रुपले लागू गर्न सकियो भने यौन हिंसालाई पूर्णरुपमा रोक्न सकिने राष्ट्रपति विडोडोको भनाइ छ । (एजेन्सी)