११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


विस्फोटक पदार्थसहित भोटे समातिए


0
Shares

इटहरी, कात्तिक ३ । धरान–१५ मा डेरा गरी बस्ने संखुवासभाको चेपुवा–६ का ङिमाअन्दी भोटेलाई विस्फोटक पदार्थसहित पक्राउ गरिएको छ ।

धरानस्थित भोटे बस्दैआएको कोठाबाट प्रहरीले बुधबार गन्धक ६१ केजी, सोडा १०९ केजी, नौसादर ४१ केजी, समुन्द्रमन्थन निलोतुथो ६ केजी र रक्तचन्दन तीन केजी फेलापारेको हो ।

यसैगरी, सुनसरीको दक्षिणी क्षेत्रमा रहेको पूर्वकुसाहा–३ बाट जुवा खेलिरहेको अवस्थामा जुवाको खालबाट कौडा र नगदसहित जुवा खेलिरहेका चारजनालाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ ।

जुवाको खालबाट १६ ओटा कौडा तथा रु पाँच हजार ८५५ रुपैयाँसहित दुहवी–१ का शम्भु साह, बेचन मिया, अशोककुमार चौधरी र मोरङ टंकीसिनवारी–८ का जसिम मियालाई नियन्त्रणमा लिइएको हो । रासस