११ बैशाख २०८२, बिहिबार | Fri Apr 25 2025


हत्याका अभियुक्त बाबु–छोरा सार्वजनिक


0
Shares

अर्घाखाँची, कात्तिक ३ । अर्घाखाँचीको धनचौर गाविस–५ की कल्पना भुसालको हत्या आरोपमा पक्राउ परेका दुईजनालाई जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले बुधबार सार्वजनिक गरेको छ ।

पक्राउ परेका धनचौर गाविस–५ का गणेश भुसाल तथा गणेशका बाबु खेमराज भुसाललाई बुधबार अर्घाखाँचीमा आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गरिएको हो ।

प्रहरी नायब उपरीक्षक नवरत्न पौडेलले असोज १८ गते बेलुकादेखि हराएकी कल्पनाको हत्या गरेको अभियोगमा गणेश र खेमराजलाई अनुसन्धानका लागि हिरासतमा लिइएको र अहिले अनुसन्धान भइरहेको बताए ।

अनुसन्धानका क्रममा गणेशले कल्पनाको हत्या गरी झिम्रुक नदीमा फालेको प्रहरीसमक्ष स्वीकार गरेको प्रनाउ पौडेलले बताए ।

धनचौर–५ की २४ वर्षीया कल्पना असोज १८ गते देउरालीस्थित रुद्र किरना पसलबाट दसैंका लागि सामान लिइ घरतर्फ आउँदै गर्दा बाटोबाटै हराएकी थिइन् । रासस